काठमाडाैं । सुनको मूल्य दुई दिनदेखि स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएकाे छ भने तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।
गत सोमबार सुन तोलामा ६०० रुपैयाँले घटेको थियो।
यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ।







