काठमाडाैं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन् ।
उनले शाैचालयमा गोली हानेको स्राेतले बताएकाे छ । दोलखा मेलुङ गाउँपालिका-४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
नेपाल प्रहरीकाे हेडक्वाटरबाट खटाइएकाे स्पेशल टाक्स फाेर्समा कार्यरत उनी २०७८ मा भर्ना भएका थिए । उनी बिहान ड्युटी गरिरहेका थिए । साेही क्रममा उनले शाैचालयमा गएर आफूले बाेकेकाे पेस्ताेल आफूमाथि प्रहार गरेका थिए ।
Artha Sanjal
अर्थ सन्जाल