धरानका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले फेरि एमालेलाई उछिनेका छन् ।
मेयर पदमा गठबन्धनका कांग्रेस उम्मेदवार किशोर राईको अग्रता कायमै रहँदा एमाले उम्मेदवार मन्जु भण्डारी र स्वतन्त्र हर्कबीच दोस्रो स्थान खोसाखोस चलिरहेको छ ।
२१ हजार ८४ मत गणना सकिँदा किशोर राईले ६०२३ मत पाएका छन् भने हर्कले ५४२६ मत प्राप्त गरेका छन् । मंगलबार बिहानदेखि हर्क दोस्रोमा उक्लिँदा मन्जु तेस्रो भएकी थिइन् । दिउँसो फेरि मन्जुले हर्कलाई पछि पारेकी थिइन् । साँझ फेरि हर्क अघि लागेका छन् ।
एमालेकी भण्डारीले ५२५१ मत पाएर स्वतन्त्र उम्मेदवारलाई पछ्याइरहेकी छन् । उपमेयरमा गठबन्धनका माओवादी उम्मेदवारसँगको अन्तर एमाले उम्मेदवारले घटाएका छन् ।
माओवादीका अइन्द्र बेघाले ६७६३ एमालेका पदम इस्बो लिम्बुले ६५२७ मत पाएका छन् ।







