माछापुच्छ्रे बन्यो क्युआरमा भ्वाईस बक्स प्रविधि ल्याउने पहिलो बैंक
काठमाडौं । डिजिटल बैंकिङ्गमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक क्युआर प्रणालीमा भ्वाईस बक्स (इन्सट्यान्ट पेमेन्ट नोटिफिकेसन) प्रविधिको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत माछापुच्छ्रे बैंकका अन्य केही स्थानहरुबाट शुभारम्भ गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ…



