काठमाडाैं महानगरको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगार

काठमाडौं । काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् । महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो । अफलाइन र अनलाइनमा परेको निवेदनमार्फत रोजगार उपलब्ध गराइरहको श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले बताए । उनका अनुसार रोजगार पाउनेमा…

Read More

भवन र नक्सा पास गर्न चार निकायलाई महानगरको पत्र,अटेर गरे कारबाही गर्ने चेतावनी

काठमाडौँ । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी निर्माण गरेका ठूला सरकारी भवनलाई कारबाही गर्ने भएको छ । महानगरको निशानामा पहिलो चरणमा चार निकाय परेका छन् । कामपाको टोली राजधानीमा निर्माणाधीन सरकारी कार्यालयको भवन निर्माण गर्दा नक्सा पास भए वा नभएको अनुगमन गर्न पुग्दा अधिकांश सरकारी निकायले नक्सा पास नगरेको खुलेको थियो । लामो समयदेखि नक्साविपरीत…

Read More

काठमाडौँ महानगरले रोक्यो नियमविपरीत गरिएको ‘शैक्षिक मेला’

काठमाडौँ । काठमाडौँ  महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरू भएको शैक्षिक मेला बन्द गराएको छ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले आयोजना गरेको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको हो। सहमतिविपरीत एसईई र प्लस टु को रिजल्ट प्रकाशन हुनु अगाडि नै शैक्षिक मेलाको नाममा शुल्कसहित कलेजहरुको विज्ञापन गरेको भन्दै महानगरले  शैक्षिक मेला बन्द गराएको हो।…

Read More

काठमाडौं महानगरले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै, प्रत्यक्ष प्रसारण नगर्ने

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । महानगरपालिकाको नीति तथा कार्यक्रम आज दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा सार्वजनिक गरिने तयारी भएको जानकारी महानगपालिकाका प्रवक्ता बसन्त आचार्यले दिए ।  बालेन्द्र साहको योजनामा आउन लागेको नीति तथा कार्यक्रमप्रति धेरैले चासो व्यक्त गरेका छन् । प्रवक्ता आचार्यका…

Read More

काठमाडौँ २९ मा कांग्रेसको प्यानलै विजयी

 काठमाडौँ महानगरपालिका २९ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । कांग्रेसका कुश ढकालको प्यानल नै विजयी भएको हो । वडाध्यक्षमा ढकाल निर्वाचित हुँदा महिला सदस्यमा रेनु श्रेष्ठ, दलित महिला सदस्यमा संगिता पुजारी, खुला सदस्यमा सन्तोष ढुंगेल र अनिल श्रेष्ठ विजयी भएका हुन् ।

Read More