नेरा आधारभुतका चार सय विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरिय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्वक हुन्छ । तर, बाराको आदर्श कोटवाल गाँउपालिका-५ मा रहेको नेरा आधारभुत टेढाकट्टी विद्यालयको उचित व्यवस्थापन नहुँदा बालबालिका चिसो भुइँमा पँलेटी कसेर पढ्न बाध्य छन् । झन् ‘दैलो सरकार’…

Read More

देवाही गोनाहीमा सुबिधा सम्पन्न नगर अस्पताल संचालनमा ल्याउने तयारी

रौतहटको देवाही गोनाही नगरपालिका गोनाहीमा सुबिधा सम्पन्न नगरस्थरीय अस्पताल सञ्चालनमा  ल्याउने तयारी छ । देवाही गोनाहीमा नगरपालिकाको भवन नजिकै घर भाडामा लियर नगरपालिकामै पहिले पटक अस्पताल संचालनमा ल्याउन लागेको हो । सामान्य बिरामीले नगरबाहिर गएर उपचार गनुपर्ने बाध्यतालाई अन्त्य गर्न अत्याधुनिक सुबिधा सम्पन्न अस्पताल भदै ७ देखि सञ्चालनमा ल्याउने नगरपालिकाले जनाएको छ । अस्पताल सञ्चालनमा…

Read More

यस्ता छन् हर्क साम्पाङले सय दिनमा गरेका कामको विवरण

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले १०० दिनमा के के काम भयो भनेर सोध्नेहरूलाई जवाफ भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् । गएको वैशाख ३० गते भएको पालिका चुनावमा साम्पाङ स्वतन्त्रबाट धरान उप–महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । कामको…

Read More

तनहुँमा उद्योग स्थापना : सय बढीलाई रोजगारी

चार व्यक्ति मिलेर व्यास नगरपालिका–११ स्थित दुम्सीमा वेदव्यास मल्टिपर्पोज उड एन्ड काष्ठ इन्डष्ट्रिज सञ्चालनमा ल्याइएका छन् । उद्योग सञ्चालनमा ल्याएसँगै स्थानीय मानिससहित एक सय बीसजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । गण्डकी प्रदेशकै दोस्रो ठूलो भनी जिकिर गरिएको उद्योग जिल्लामा स्थापना भएसँगै युवायुवतीलाई आत्मनिर्भर बन्न सहयोग मिलेको छ । उद्योगमा आवश्यक पर्ने सबै उपकरण ल्याएपछि उत्पादन…

Read More

अछामका तीन पालिका समपुरक र विशेष अनुदानबाट बन्चित

अछामका स्थानीय तहको लागि सुदुरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयबाट विशेष र समपुरक गरी करिब ५ करोड रुपैयाँ प्राप्त भएको छ । चालु आर्थिक बर्ष २०७९/८० मा समपुरक अनुदानतर्फ २ करोड ७० लाख २० हजार र विशेष अनुदान तर्फ २ करोड गरी कुल ४ करोड ७० लाख २० बजेट प्राप्त भएको हो । समपुरक अनुदानतर्फ…

Read More

अझै बजेट पेश गरेनन् ६३ वटा स्थानीय तहले 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै ६३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/८० को बजेट पेश नगरेको बताएको छ । मन्त्रालयका अनुसार कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ६९० वटाले मात्र चालु आर्थिक वर्षको बजेट पेश गरेका छन् । हालसम्म बजेट पेश नगर्ने स्थानीय तहमा प्रदेश नं.१ का ३, मधेस प्रदेशका ३९, बागमती प्रदेशका…

Read More

चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरू

चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घाटन गरेका छन् । यस सेवा मार्फत चन्द्रागिरि नगरबासीहरुले घर–बहाल कर, सम्पत्ति कर तथा व्यवसायिक कर सजिलै अनलाईनमा आइएमई पे मार्फत तिर्न सक्नेछन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन…

Read More

पिपरा गाउँपालिकामा बेथिति, एफएमलाई मात्र १ वर्षमा ४८ लाख भुक्तानी

महोत्तरीको पिपरा गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबाट चरम अनियमितता भएको खुलासा भएको छ । आर्थिक वर्ष २०७७/७८ मा कर्मचारी र जनप्रतिनिधिबाट नै विभिन्न शिर्षकमा चरम अनियमितता भएको खुलासा भएको हो । धेरैजसो दैनिक भ्रमण भत्ताका नाममा अनियमितता भएको पाइएको छ । पूर्वउपाध्यक्ष नुनुकुमारी दास आफैँले पिपराबाट बर्दिबास नगरपालिकामा आउन एक पटकमा १३ हजार २०० भत्ता बुझेको…

Read More

गाउँ प्रहरीका लागि ३५ जनाको आवेदन 

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा तीन जना गाउँ प्रहरीका लागि ३५ जनाको आवेदन परेको छ । गाउँ कार्यपालिकाको गत ५ असारमा बसेको बैठकको निर्णय तथा गाउँपालिकाको गाउँ प्रहरी व्यवस्थापन कार्यविधि २०७५ अनुसार एक महिला र दुई पुरुष गाउँ प्रहरीको पदपुर्ति भर्नाका लागि ७ असारमा आवेदन खुलाइएको थियो । २१ असारसम्म दरखास्त म्याद दिएकोमा २९ पुरुष र ७…

Read More

अछामका १० स्थानीय तहमा शिक्षा क्षेत्रका लागि डेढ अर्बभन्दा बढी बजेट

अछामका १० वटा पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले संघीय सरकारबाट डेढ अर्ब रुपैयाँभन्दा बढी बजेट प्राप्त गरेका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारले यहाँका स्थानीय तहहरूमा एक अर्ब ५५ करोड ७१ लाख १४  हजार रुपैयाँ बजेट विनियोजन गरेकाे हाे । सबैभन्दा बढी साँफेबगर नगरपालिका…

Read More

रघुगङ्गाद्वारा एक सय त्रिपन्न योजना कार्यान्वयन

 म्याग्दीको रघुगङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा एक सय ५३ योजना कार्यान्वयन गरेको छ । पूर्वाधारसँग सम्बन्धित एक सय ५९ योजना छनोट भएकामा एक सय ४३ उपभोक्ता समिति र १० ठेक्का प्रक्रियाबाट कार्यान्वयन भएको गाउँपालिकाका प्राबिधिक शाखाले जनाएको छ । शाखाका प्रमुख इन्जिनियर सुदीप गौतमले पूर्वाधार योजनाहरुका लागि विनियोजन भएको रु ११ करोड ७७ लाख…

Read More

रावाबेँसी गाउँपालिकाद्वारा होटल कुक तालिम सञ्चालनमा अनियमितता

खोटाङको रावाबेँसी गाउँपालिकाले होटल कुक तालिम सञ्चालनका क्रममा अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिबेदन २०७९ मा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा १८ जनालाई दिने भनिएको ४५ दिनको कुक तालिममा १४ जनालाई मात्र सहभागी गराएर बढी भुक्तानी दिएको उल्लेख छ । नेशनल मानव विकास ट्रेनिङ इन्स्टीच्यूट प्रालि नेपालगञ्जले मूल्य अभिबृद्धि कर सहित ५…

Read More

बर्दिबासलाई बुझाउनु पर्ने १२ करोड राजश्व नतिर्न चलखेल

मापदण्ड विपरित नदीजन्य वस्तु उत्खनन् गर्ने बर्दिबासका तीन क्रसर उद्योग तथा कम्पनीले बर्दिबास नगरलाई बुझाउनु पर्ने राजश्व तिर्न आनाकानी गरिहेका छन् । नगरपालिकाले उच्च अदालत जनकपुरमा दायर गरेको रिटमाथि एक वर्षदेखि सुनुवाइ नहुँदा तीन कम्पनीले बुझाउनु पर्ने करिब १२ करोड राजश्व रोकिएको हो । वातावरणीय प्रभाव मुल्यांकनअनुसार ०७८ मा रातु नदीको विभिन्न चार खण्डबाट एक…

Read More

डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख विरुद्ध उजुरी,  भारतीय नागरिक रहेको दाबी 

सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव भारतीय नागरिक रहेको दाबी गर्दै उजुरी परेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट डाक्नेश्वरी नगरपालिकाको उपप्रमुखमा निर्वाचित यादवविरुद्ध कीर्ते गरी नागरिकता लिएको आरोपसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको हो । ‘प्रशासनमा उजुरी दर्ता भएको सुनेको छु,’ सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले न्युज कारखानालाई जानकारी…

Read More

नम्बर प्लेट नभएको मोटरसाइकलमा गाँउपालिकाको पेट्रोल कुपन

रुपन्देहीको मायादेवी गाउँपालिकाले नम्बर प्लेट नभएको मोटरसाइकललाई १५ लिटर पेट्रोल दिएको पाइएको छ । गाउँपालिकाले संगम आयल कम्पनी भैरहवाको नाममा कुपन नम्बर ७४६ बाट लु ६४ प ८६८ लाई १५ लिटर  पेट्रोल दिने भनि उल्लेख भए पनि सो पेट्रोल नम्बर प्लेट नै नभएको निजी गाडीले प्रयोग गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिम्लिसिनाले…

Read More

जनप्रतिनिधिले २ दिनमा खाए ८०३ किलो मासु

स्थानीय तहमा कसरी भष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ । जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन् । यसमा खर्च मात्रै ७ लाख १० हजार रुपैयाँ गरिएको छ । नगरसभामा उपस्थितहरुको विवरण समेत नखुलाइ मासुमा नै यतिको खर्च गरेको महालेखा परीक्षकको तथ्यांकले पुष्टि गर्छ…

Read More

इच्छाकामना गाउँपालिकामा जग्गा नाप नक्सांकन कार्य शुरू

चितवनको इच्छाकामना गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सांकन कार्य शुरू गरिएको छ । संघीय सांसद कृष्णभक्त पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको उपस्थितिमा वडा नम्बर ७ भालुमाराबाट शुक्रवारदेखि जग्गा नाप नक्सांकन कार्य शुरू गरिएको हो । भूमिसम्बन्धी सेवा केन्द्र इच्छाकामनाका…

Read More

डुङ्गेश्वरर गाउँपालिकामा लागेकाे ताला दुई दिनपछि खुल्यो

दैलेखको डुङ्गेश्वरर गाउँपालिका कार्यालयले निस्कासन गरेका कर्मचारीले लगाएकाे ताला खुलेको छ । करार नविकरण गर्न दबाबस्वरुप उनीहरूले साेमबार ताला लगाएका थिए । गाउँपालिकाका अध्यक्ष एवं करार कर्मचारीबीच छलफल गर्न बनेको वार्ता टोलीका संयोजक सुन्दरकुमार केसीको अध्यक्षतामा बसेको बैठकले बुधवार दुई बुँदे निर्णय गरेपछि गाउँपालिकामा लगाएको तालाबन्दी खुलेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए । गाउँपालिकामा लगाएको…

Read More

बागमती गाउँपालिकाले निकाल्याे ११ जना कर्मचारी, सेवा प्रभावित 

ललितपुरको बागमती गाउँपालिकाका ११ जना कर्मचारी निकालिएका छन् । गाउँपालिकाको कार्यपालिका बैठकले करार अवधि नथप्ने निर्णय गरेसँगै उनीहरूकाे जागिर गएकाे हाे । तर उनीहरूको करार नथप्ने निर्णय कार्यपालिकाबाट नभएको पाइएको छ । गाउँपालिका वडाध्यक्ष होमप्रसाद बजगाईले राजनीतिक पूर्वाग्रहका कारण उनीहरूको करार अवधि थप नभएको बताए । उनले भने, ‘हुन त कार्यपालिका बैठकमा उनीहरूको नाम ल्याएर…

Read More

पाल्पाका स्थानीय तहको बेरुजु रु ३४ करोड ३१ लाख

पाल्पाका स्थानीय तहहरुको बेरुजु रु ३४ करोड ३१ लाख ३८ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷०७८ सम्मको लेखापरीक्षण गर्दा बेरुजु रु ३४ करोड ३१ लाख ३८ हजार भेटिएको हो । जिल्लाको दश स्थानीय तहको रु १२ अर्ब ९१ करोड ८४ लाख ४३ हजार लेखापरीक्षण गरिएकोमा…

Read More