वाईफाई नेपालले ल्यायो ‘पारस दाईको मौकामा चौका’ अफर, १२ महिना बोनस सेवा
काठमाडाैं । ‘वाई-फाई नेपाल’ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५को अवसरमा ‘पारस दाईको मौकामा चौका’ अभियान ल्याएको छ । यस अफरमार्फत उच्च-गतिको, भरपर्दो इन्टरनेट सेवालाई उचित मूल्यमा उपलब्ध गराउने उद्देश्य राखिएको छ । यस विशेष अभियान अन्तर्गत, २०० एमबीपीएस इन्टरनेट प्याकेज लिने ग्राहकहरूले १२ महिनाको प्याकेज खरिद गर्दा १२ महिनाको नि :शुल्क बोनस इन्टरनेट प्राप्त गर्नेछन्…



