सुदूरपश्चिममाथि विराटनगरको सानदार जित

काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत सुदूरपश्चिमको अपराजित यात्रालाई विराटनगरले रोकेको छ।

शनिबार भएको पहिलो खेलमा विराटनगरले ६ विकेटले हराउँदै सुदूरपश्चिमको अपराजित यात्रा रोकेको हो। जितसँगै विराटनगरले क्वालिफायरमा स्थान पक्का गरेको छ।

क्वालिफायरमा पुग्नका लागि फराकिलो जित आवश्यक रहेको अवस्थामा विराटनगरले सुदूरपश्चिम विरुद्ध विष्फोटक ब्याटिङ गर्दै ६ विकेटको प्रभावसालि जित निकाल्यो।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुएमार १ सय ४७ रन बनाएको थियो।

जवाफमा उक्त लक्ष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। जितसँगै विराटनरले नेटरनरेटमा काठमान्डुलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएर क्वालिफायरमा सुदूरपश्चिम सँगको भेट पक्का गर्‍यो।

विराटनगरको जितमा फाफ डुप्लेसिसले २० बलमै ५ चौका र ४ छक्का प्रहार गर्दै ५० रनको विष्फोटक अर्धशतकीय इनिङ खेल्दा साम हेजलेटले ५१ रनको अर्धशतकीय पारी खेले। उनले २७ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए।

त्यस्तै मार्टिन गुप्टिलले २२ रन बनाएर आउट हुँदा प्रतिश जिसी १३ रनमा अविजित रहेका थिए।

सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४५ रनको अविजित इनिङ खेल्दा इशान पाण्डेले ३८ रन बनाए। त्यस्तै जोस ब्राउनले २४ रन बनाउँदा विनोद भण्डारीले १५ रन बनाएका थिए। त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरी १९ रन बनाएर आउट भए।

विराटनगरका लागि सन्दीप लामिछानेले ३ विकेट लंदा प्रतिश जिसीले २ विकेट तथा बसिर अहमदले १ विकेट लिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *