यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौं । राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३२ पैसा कायम गरिएको छ। सोमबार डलर एकको खरिददर १३२ रूपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रूपैयाँ २६ पैसा कायम थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ६ पैसा बढेको हो। पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६९ रूपैयाँ २८ पैसा र बिक्रीमा १७० रूपैयाँ ०५ पैसा पाइन्छ।

सोमबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ ०४ पैसा र बिक्रीमा १६९ रूपैयाँ ८० पैसा तोकिएको थियो। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रूपैयाँ २१ पैसा र बिक्रीदर ८८ रूपैयाँ ६० पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २८ पैसा बढेको हो। आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ १३ पैसा र बिक्रीमा १४४ रूपैयाँ ७९ पैसा तोकिएको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ १९ पैसा र बिक्रीमा ९७ रूपैयाँ ६३ पैसा पाइन्छ। कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५८ पैसा पाइन्छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३९ पैसा र बिक्रीमा ३५ रूपैयाँ ५५ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ २६ पैसा र बिक्रीमा २८ रूपैयाँ ३८ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ४८ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ४४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६६ पैसा तोकिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *