युनाइटेड अजोड इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभ

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ ३१ गते बस्ने गरी विशेष साधारणसभा डाकेको हो ।

उक्त सभा काठमाडाैंको टंगालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान १०.३० बजे आयोजना हुनेछ । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात १०० सेयरबापत १५ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै हकप्रद सेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख पुग्ने हुँदा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएको सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ ।

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *