पपुवा न्युगिनीकाे पहिरो: २ हजारभन्दा बढी मानिस भग्नावशेषमुनि पुरिएको आशंका

एजेन्सी । पपुवा न्युगिनीमा शुक्रबार गएको पहिरोमा हजारौं मानिस पुरिएको आशंका गरिएको छ ।

एक सरकारी निकायले यो जानकारी दिएको छ । राष्ट्रिय प्रकोप केन्द्रका कार्यकारी निर्देशकले सार्वजनिक गरेकाे सूचनामा शुक्रबार गएको पहिरोमा दुई हजारभन्दा बढी मानिस भग्नावशेषमा पुरिएको आशंका गरेका छन् ।

आइतबार संयुक्त राष्ट्रसंघले भग्नावशेषमुनि ६७० जना पुरिएको हुन सक्ने आशंका व्यक्त गरेको थियो । पपुवा न्युगिनीकाे राष्ट्रिय प्रकोप केन्द्रका कार्यकारी निर्देशकले राहत र उद्धार टोलीले निरन्तर काम गरिरहेको बताए ।

तर, प्रभावित क्षेत्रका स्थानीयवासी अझै ठूलो राहत र उद्धार कार्यको पर्खाइमा रहेकाे अन्तर्राष्ट्रिय संस्थाहरूले उल्लेख गरेका छन् ।

एक स्थानीय बासिन्दाले आफ्नो परिवारका धेरै सदस्य भग्नावशेषमा पुरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनले भने, ‘मेरो परिवारका १८ सदस्य भग्नावशेषमुनि दबिएका छन् । गाउँका धेरै परिवारका सदस्यहरू भग्नावशेषमुनि पुरिएका हुन सक्छन् । म तिनीहरूलाई गणना गर्न पनि सक्दिन।’

पपुवा न्यू गिनीको पहिरो गएको क्षेत्रमा करिब ३८०० मानिस बसोबास गर्दै आएका थिए । यो क्षेत्र पपुवा न्यू गिनीको राजधानी मोरेस्बीबाट ६०० किलोमिटर उत्तर-पश्चिममा पर्छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *