नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकको वृद्धि भएको छ । नेप्से १७.९९ अंकले बढेर दुई हजार ६ सय ३४.५७ विन्दुमा रोकिएको हो ।
आज कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । आज २ अर्ब ५९ करोड २७ लाख बराबरको कारोबार भएको छ । आइतबार २ अर्ब २७ करोड ४६ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १५६ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने ३१ कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् । इमर्जिङ नेपालको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५७१।७० रुपैयाँ पुगेको छ ।
नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यो कम्पनीको शेयरमूल्य आज करिब ३ प्रतिशतले झरेको छ । कारोबारको आधारमा आज सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीकोे रहको छ । आज १६ करोड २९ लाख भन्दा बढीको यस कम्पनीको कारोबार भएको छ ।






