एक महिनामा १६ सयभन्दा धरैले उद्योगबाट रोजगार पाउने भएका छन् । उद्योग विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा साना ठूला र मझौला गरी २२ वटा उद्योग दर्ता गरेका छन् ।
चालु आर्थिक वर्षको सात महिनामा १५७ वटा उद्योग दर्ता हुँदा १३ हजार भन्दा बढीले रोजगारी पाउने भएका थिए । फागुन महिनामा २२ अर्ब ८९ करोड २५ लाख रुपैयाँ लगानीमा २२ उद्योग दर्ता भएसँगै उक्त सङख्यामा रोजगारी पाउने भएका हुन् ।
काठमाडौंमा फागुन महिनामा ६ वटा उद्योग दर्ता गरेका छन् । सोही अवधिमा काठमाडौंमा दर्ता भएका उद्योगमा नेपाल सिचुवान जुन्सु कन्ट्रक्सन प्रालि, साउथ एसिया इन्टरनेट टेक्नोलोजी कम्पनी र दि मेट्रोपोलिटन होटल प्रालि रहेका छन् । ३२७ जनाले रोजग पाउने भएका छन् । रुपन्देहीमा अपुर्व गेमिङ जोन प्रालि र क्लासिक फुड इन्टष्ट्रिज प्रालि दर्ता हुँदा १६५ जनाले रोजगारी पाउने भएका छन् ।
विभागका अनुसार पाल्पामा सत्यवती दर्शन प्रालिमा ६८ जनाले रोजगारी पाउने भएका छन् भने भक्तपुरमा दर्ता भएको चुम्बकीय प्रविधिबाट विद्युत्त उत्पादन गर्ने कम्पनीबाट १५ जनाले रोजगारी पाउने भएका छन्। उद्योगबाट ५ सय जनाले रोजगारी पाउने भएका छन् ।
ललितपुरमा यस डि यस सफ्टवेयर डेभलपमेन्ट नेपाल प्रालि कम्पनी दर्ता हुँदा रोजगारी पाउनेको संख्या ५८ रहेको छ । नवलपरासीमा गौतम बुद्ध केवल इन्डष्ट्रिज प्रालि दर्ता हुँदा ५१ जनाले रोजगार पाउने भएका छन् । ताप्लेजुङमा दर्ता भएका दुई कम्पनीमा ६३ जनाले रोजगारी पाउने भएका छन् । यो अवधिमा ताप्लेजुङमा दर्ता भएका उद्योगमा सूर्य होल्डिङ प्रालि र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड माथिल्लो काबेली जलविद्युत्त आयोजना रहेका छन् ।
विभागका अनुसार पर्सामा दर्ता भएका मोर नेचुरल फुड्स प्रालि र नमस्ते फ्लोर मिल प्रालिबाट १४८ जनाले रोजगारी पाउने भएका छन् । बारामा सगरमाथा आल्मुनियम इण्डष्ट्रिज प्रालि र स्यार्सेकाली ट्रेड एण्ड मल्टीसर्भिसेज प्रालि उद्योग दर्ता भएसँगै १७२ जनाले रोजगारी पाउने तथ्याङकमा उल्लेख छ ।






