निर्जिवन बीमा कम्पनीहरुको पहिलो त्रैमासमा ९ अर्ब बीमाशुल्क आर्जन

निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ९ अर्ब माथि बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार पहिलो त्रैमासको अन्तिम महिनाको मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले ९ अर्ब १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

पहिलो त्रैमासको असोज मसान्तसम्ममा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले यस अवधिसम्ममा ९० करोड ६७ लाख रुपैयाँँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै नेको इन्स्योरेन्सले ८१ करोड रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले ६९ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ६१ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ६७ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ४४ करोड रुपैयाँ, युनाईटेड इन्स्योरेन्स ४४ करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले ४२ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले ४१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यसैगरी प्रभु इन्स्योरेन्सले ३९ करोड रुपैयाँ, आइएमई जनरलले ३७ करोड रुपैयाँ, लुम्बिनी जनरलले ३६ करोड रुपैयाँ, दि ओरियन्टलले ३६ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ३४ करोड रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले ३१ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले २९ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले २५ करोड रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन्

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *