बैंक अफ काठमाण्डूको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

बैंक अफ काठमाण्डू लिमिटेडले रु.१,०००÷– अंकित दरको ११,००,००० कित्ताले हुन आउने रु.१,१०,००,००,०००÷–(अक्षरुपी १अर्ब १० करोड) रकम बराबरको बि.ओ.के डिबेन्चर २०८६ (क), ऋणपत्रजारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको रब्याजदर१०.५० प्रतिशत रहेको छ ।

काठमाण्डौें, कमलपोखरी स्थित मुख्य कार्यालय रहेकाबैंक अफ काठमाण्डूलिमिटेडकम्पनी ऐन बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । यस बैंकले तत्कालिन बैंक अफ काठमाण्डू लिमिटेड तथा लुम्बिनी बैंक लिमिटेड एक आपसमा गाभिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार २०७३÷०३÷२४ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति प्राप्त गरी “क” वर्गको वित्तीय संस्थाको हैसियतले बैंकिङ्ग कारोवार सञ्चालन गर्दै आएको छ ।

यस बैंकले ९९ शाखा, ८७ एटिएम र १० एक्सटेन्सन काउन्टरहरुका मार्फत ग्राहकहरुलाई उत्कृष्टसेवा प्रदान गरिरहेको छ । उक्त सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृतश्री श्रवणलाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक श्री सचिन्द्र ढुङ्गानाले मिति २०७८ चैत २ गते हस्ताक्षर गरेका छन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *