भ्रष्टाचार अभियोगमा सामाजिक विकास कार्यालयका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको सामाजिक विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आचार्यका साधै सामाजिक विकास कार्यालयका सव–इन्जिनियर मोतीप्रसाद बुढा, कभर्ड हल तथा खेलकुद मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिषेश शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

उनीहरूले डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं. ३ दुनैमा खेलकुद मैदान निर्माणमा कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको अख्तियारले दाबी गरेको छ । निर्माणको काम लागत अनुमान र सम्झौताभन्दा कम गरी ९ लाख ९३ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारको भनाइ छ ।

अख्तियारले पाँचै जनालाई ९ लाख ९३ हजार रुपैयाँ बराबरको बिगो कायम गरी असुलउपर गर्नुपर्ने जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *