सिटिजन्स बैंक र बैंक एन्ड सेल्सबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र काठमाडौंको बेक एन्ड सेल्सबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले बेक एन्ड सेल्सको नयाँबजार, महाराजगन्ज र सातदोबाटो शाखाहरूमा १० प्रतिशत छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *