सेयर बजारमा दोहोरो अंकको सुधार, ४ अर्बमाथिको कारोबार

काठमाडौं। सेयर बजार मंगलबार पनि उकालो लागेको छ। नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ मा बन्द भएको छ।

आज ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले ९. ९९ प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

सूर्यज्योति लाइफको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ९१८ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सूर्यज्योति लाइफ १८ करोड ८ लाख रुपैयाँ,गोर्खाज फाइनान्स १६ करोड ५ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स १५ करोड ४५ लाख रुपैयाँ,नेपाल फाइनान्स १५ करोड ३६ लाख रुपैयाँ,पोखरा फाइनान्स १० करोड ४६ लाख रुपैयाँ,शिवम सिमेन्ट ८ करोड २९ लाख रुपैयाँ,रिलायन्स फाइनान्स ७ करोड ४४ लाख रुपैयाँ,तारागाउँ रिजेन्स होटेल ७ करोड २२ लाख रुपैयाँ,जानकी फाइनान्स ६ करोड ७९ लाख रुपैयाँ,सेन्ट्रल फाइनान्स ६ करोड ४८ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *