जीबी राईलाई कारबाहीको माग गर्दै ओलीलाई सूर्यदर्शन सहकारी पिडितको ज्ञापनपत्र

काठमाडौं । पोखरामा रहेको सूर्यदर्शन सहकारी संस्थाका पीडितले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै आफूहरुको बचत फिर्ता हुने वातावरण मिलाईदिन गुहार मागेका छन् ।

शुक्रबार एमाले स्याङ्जाको जिल्ला अधिवेशन उद्घाटन गर्न पोखरा पुगेका अ‍ोलीसँग सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिले भेटेर ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र बझाउँदै सूर्यदर्शन बचत पीडित संघर्ष समितिले जीबी राईको विषयमा सिंगो राज्य र प्रहरी निकम्मा भएको बताएको छ । पीडितहरुले सहकारीको समस्या समाधान गर्न राज्यबाट ठोस नीति, नियम र ऐन, कानून बनाइ सहकारी पीडितको बचत फिर्ता गर्न लगाई न्याय दिन आग्रह गरेका छन् ।

‘सुर्यदर्शन सहकारी का संचालक जिबि राई भन्ने ब्यक्तिको बिषयमा सिङ्गो राज्य सरकार, प्रहरी प्रसासन निक्ममा बनिरहेको अबस्था छ’ उनीहरुले भनेका छन् ‘होईन भने तपाईको सम्पुर्ण राजनितिक जिबनको अनुभव को आधारमा, तपाईले चलाएका सत्ता र शासनको आधारमा भन्नु पर्दा के हामी पिडीतले न्याय पाउनु पर्ने होईन र ?’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *