घट्यो बैंकहरुको बेस रेट : १८ बैंकको ‘सिंगल डिजिट’मा, कुनको कतिमा झर्‍यो ?

काठमाडौं । बैंकहरुको आधार दर (बेस रेट) चैत महिनामा पनि घटेको छ । फागुन महिनाको तुलनामा चैतमा औसतमा आधार दर घटेको हो । पछिल्लो महिना मात्रै वाणिज्य बैंकहरुको औसत आधार दर ०.२१ प्रतिशत विन्दुले घटेको छ । चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.०५ प्रतिशत कायम भएको छ । यसअघि फागुनमा २० वाणिज्य बैंकहरुको औसत आधार दर ९.३४ प्रतिशत थियो ।

यस अवधिमा २ बैंकबाहेक अरु सबै बैंकको आधार दर एकल अंक ‘सिंगल डिजिट’मा आएको छ । अरु १६ बैंकको आधार दर ८ प्रतिशतदेखि १० प्रतिशतको बीचमा रहेको छ ।

स्टान्डर्ड चार्टर्ड बैंकको आधार दर जम्मा ७.५२ प्रतिशत रहेको छ । उक्त बैंकको आधार दर गत फागुनमा ७.५६ प्रतिशत रहेको थियो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.६२ प्रतिशत छ । बैंकको बेस रेट फागुनमा ७.९२ प्रतिशत थियो ।

एभरेष्ट बैंकको आधार दर ८.३९ प्रतिशत रहेको छ । त्यसैगरी, नेपाल बैंकको ८.६१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.८१ प्रतिशत, सानिमा बैंकको ८.९७ प्रतिशत, सिद्धार्थ बैंकको ८.९८ प्रतिशत, प्रभु बैंकको ९.०६ प्रतिशत, ग्लोबल आईएमई बैंकको ९.०९ प्रतिशत रहेको कायम भएको छ ।

नेपाल एसबिआई बैंकको ९.११ प्रतिशत, एनआईसी एशिया बैंकको ९.१३ प्रतिशत, माछापुच्छ्रे बैंकको ९.२६ प्रतिशत, कृषि विकास बैंकको ९.३६ प्रतिशत, एनएमबि बैंकको ९.४१ प्रतिशत, सिटिजन्स बैंकको ९.५८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ९.६४ प्रतिशत र हिमालयन बैंकको ९.८५ प्रतिशत छ ।

१० प्रतिशतभन्दा धेरै आधार दर हुनेमा प्राइम कमर्सियल बैंक र कुमारी बैंक रहेका छन् । प्राइम कमर्सियल बैंकको आधारदर सबैभन्दा बढी अर्थात् १०.०५ प्रतिशत रहेको छ । गत फागुनमा बैंकको आधारदर १०.३१ प्रतिशत गरेको थियो ।

कुमारी बैंकको आधार डर १०.०१ प्रतिशत रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *