एसएमएस फ्रेन्डसिप कप : नेपालले आज गुजरातसँग खेल्दै

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार एसएमएस फ्रेन्डसिप कपअन्तर्गत गुजरात क्रिकेट एसोसिएसनसँग खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

एसीसी प्रिमियर कप र टी-२० विश्वकपको तयारीस्वरूप नेपालले गुजरात र बरोडासँग टी-२० फ्रेन्डसिप कप खेल्न लागेको हो । फ्रेन्डसिप कप खेल्न नेपाली टोली बिहीबार गुजरात प्रस्थान गरेको थियो ।

दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । चैत २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल चैत २५ हुनेछ ।

नेपालको टोली: रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द ।

गुजरातको टोली : उमांग पटेल(कप्तान) ,अर्यान देशाई, जयविर पारमार, शेन पटेल, हिमांग पटेल, तेजास पटेल, प्रियस पटेल, स्मित पटेल, ऋषि पटेल, जयमित पटेल, जय मलुसार, युवराज जाला, सारल प्रजापति, धरुशान्त सोनि र हर्ष देशाई ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *