काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा १ लाख ३० हजार रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यसअघि शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै चाँदीको मूल्य आइतबार स्थिर भई प्रतितोला १ हजार ५२५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।
Artha Sanjal






