मिथिला नगरपालिकामा स्वस्तिक लघुवित्तको सचेतना कार्यक्रम

काठमाडौं। स्वस्तिक लघुवित्तको बर्दिवास शाखाले आफना ग्राहक सदस्य तथा तिनका अभिभावकहरुको उपस्थितीमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बर्दिवास शाखाबाट लघुवित्त सेवा उपभोग गरिरहेका मिथिला न.पा. वडा नं. १०, लालगढका ग्राहक सदस्यहरु तथा तिनका अभिभावकहरुको उपस्थितीमा लघुवित्त कार्यक्रम संचालन तथा वित्तीय व्यवस्थापन सम्बन्धी अन्तरक्रिया माध्यमबाट फाल्गुण ९ गते वित्तीय साक्षरता कार्यक्रम संचालन गरिएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा स्थानिय तहबाट मिथिला न.पा. वडा नं. १० को वडा अध्यक्ष सविन विक्रम थापा, स्थानिय प्रहरी कार्यालयबाट अशोक कुमार महतो र टिका वस्नेत स्थानिय धनेश्वर महादेव मन्दिरको अध्यक्ष जित बहादुर श्रेष्ठ, कलाकार रुद्र सेन विश्वकर्मा, सरसफाई उपभोक्ता समिति लालगढको अध्यक्ष दुर्गा बहादुर थापा, स्वस्तिक लघुवित्तका तर्फबाट जोखिम तथा असुली विभाग प्रमुख भगवानी साह, संचालन तथा मानव संसाधन विभाग प्रमुख सन्तोष कुमार साह कार्यरत कर्मचारी सुस्मा राउत र लक्ष्मी कुमारी न्यौपाने लगायत उपस्थित थिए।

कम्पनीका अनुसार कार्यक्रममा ग्राहक सदस्यहरुले पछिल्लो क्रममा लघुवित्त विरुद्ध भएको आन्दोलनका कारण लघुवित्तका ग्राहक सदस्यहरुमा कर्जा मिनाहा हुने नकारात्मक सोचका कारण ऋणीहरुले कर्जाको किस्ता भुक्तानी गर्न छोडेको र लघुवित्त संस्थाहरुले समेत कर्जा लगानी गर्न बन्द गरेकोले नियमित रुपमा ईमान्दारीपुर्वक आर्थिक कारोबार गरिरहेका सदस्यहरु मार्कामा परेकोले यस तर्फ स्थानीय निकाय तथा वित्तीय संस्थाहरुले ध्यानदिई कार्यक्रम संचालनमा आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गरेका थिए ।

कार्यक्रमका अतिथिहरुले कर्जा मिनाहाको हल्लाको पछि नलागी आफनो ईमान्दारीता देखाई बैक वित्तीय संस्थाको कर्जा भुक्तानी गर्न अनुरोध गरेका थिए । साथै बैंक वित्तीय संस्थाको किस्ता भुक्तानी नगरेमा स्थानीय सेवाबाट बञ्चित हुनुपर्ने अवस्था आउन सक्ने बारे वडा अध्यक्ष सविन विक्रम थापाले सहभागीहरुमा जानकारी गराएका थिए ।

साथै उक्त कार्यक्रममा स्थानिय प्रहरी कार्यालयको साझेदारीमा आत्महत्या तथा घरेलुहिंसा सम्बन्धी जनचेतना समेत प्रहरी चौकी लालगढका प्रहरी नायब निरिक्षक अशोक कुमार महतोले सहभागीहरुमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *