काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ०८० का लागि लाभांश घोषणा गरेको छ । संस्थाले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट १५ प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको हो । जसमा ५ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित १० प्रतिशत नगद लाभांश छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।
Artha Sanjal







