काठमाडौं । कुमारी बैंक, एनआईसी एसिया बैंक, र एनएमबी बैंकले पुस महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकले पुस १ गते देखि लागू हुनेगरी नयाँ ब्यजादर सार्वजनिक गरेका हुन् ।
कुमारी बैंकले मंसिर २४ गतेबाटै लागु हुने गरि कुमारी बैंकले एक बर्ष भन्दा बढी अवधीको मुद्धति निक्षेपको ब्याजदर ९.६१० प्रतिशत कायम गरेको छ । यसअघि ६ महिना भन्दा बढी अवधीका लागि बैंकले १०.०१० प्रतिशतले ब्याजदर दिएको थियो । अब भने ९.६१० प्रतिशत मात्रै ब्याज दिनेछ ।
६ महिनादेखि एक महिनासम्मको मुद्धति निक्षेपमा भने बैंकले ९.०१० प्रतिशत ब्याजदर दिनेछ । मंसिरमा ब्याजदर यथावत राखेको कुमारी बैंकले मौद्रिक नीतिको समिक्षापछि भने ब्याजदर घटाएको हो । निक्षेपमा घटाईएको ब्याजदर अनुसार नै अब कर्जाको ब्याजदर समेत घटाउने बैंकले जनाएको छ ।
बैंकले बचत खाताको ब्याजदर पनि ०.८ प्रतिशतले घटाएको छ । हालसम्म बचत खातामा ७.५१ प्रतिशत ब्याजदर दिँदै आएको बैंकले अब अर्थात मंसिर २४ गतेदेखि भने ६.७१ प्रतिशत कायम गरेको छ ।
एनआईसी एसीया बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिक्तम ८.९७ प्रतिशतलाई घटाएर ८.६७ प्रतिशतमा झारेको छ । बैंकले न्युनतम ७ प्रतिशत देखि अधिक्तम ८.६७ प्रतिशतसम्मको व्याजदर सार्वजनिक गरेको छ । त्यस्तै, एनआईसी एसियाले पुस महिनाका लागि संस्थागत मुद्दति निक्षेपमा ५.५० प्रतिशतदेखि ६.६७ प्रतिशतसम्मको ब्याज दिने भएको छ ।
एनएमबी बैंकले पनि मंसिर महिनाको तुलनामा आफ्नो ब्याजदर घटाएको छ । अब एनएमबीले पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९ प्रतिशतसम्म्म ब्यज दिने भएको छ । जहाँ मंसिर महिनामा एनएमबीले अधिक्तम ९.७६ प्रतिशत ब्यादर कायम गरेको थियो ।
एनएमबी बैंकले पुस महिनाका लागि न्ययुनतम ७ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्मको ब्याज दिने जनाएको हो । त्यस्तै, पुस महिनाका लागि एनएमबी ले संस्थागत मुद्दति निक्षेपमा न्युनतम ६ प्रतिशत देखि अधिक्तम ७ प्रतिशत सम्म ब्याज दिने जनाएको छ । एनएमबीले पुस महिनाका लागि सार्वजनिक गरेको नयाँँ ब्याजदर आज सोमबार अर्थात मंसिर २५ गतेदेखि नै लागू हुने जनाएको छ ।







