के.बि.एल सेक्यूरिटिजद्वारा धितोपत्र कारोबार शुभारम्भ

काठमाडाैं । नेपाल धितोपत्र बोर्डबाट सीमित कार्य गर्न अनुमतिप्राप्त संस्था के.बि.एल सेक्यूरिटिज लिमिटेड (सेयर ब्रोकर नं ९४)ले औपचारिक रुपमा आफ्नो कारोबार सुरु गरेको छ ।

कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष श्री अमिर प्रताप ज.ब.राणाले यस कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड तथा कुमारी बैक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

कारोबार सुभारम्भ गरेसँगै सेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न के.बि.एल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले उल्लेख गरेका छन्।

के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्ड बाट मान्यता प्राप्त सिमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *