शौर्य मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न

काठमाडाैं । ‘मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान’ मूल नाराका साथ शौर्य सिमेन्टको आयोजना आयोजित मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ।

मधेस प्रदेश स्तरमा गरिएको उक्त कार्यक्रममा १ सय ५० वटा भन्दा बढी आवेदन परेको थियाे, जसबाट दोस्रो चरणमा ७५ जनालाइ छनौट गरिएको थियो।

छनौट भएका ७५ जनाले शौर्य सिमेन्ट उद्योगको परिसरस्थित हलमा क्यानभासमा दिइएको विषयवस्तुअनुसार चित्र बनाउन लगाइएको थियो।

उक्त चित्रकलाको आधारमा तेस्रो चरणको लागि १५ जनाको छनौट गरिने छ, जसमा शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनु पर्नेछ।

तेस्रो चरणको प्रतियोगिता पौष २ गतेदेखि ७ गते सम्म चल्नेछ। यस प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार र बाँकी १२ जनालाई ५ -५ हजार नगद प्रदान गरिने छ।

उक्त कार्यक्रमको निर्णायक टिममा मिथिला आर्ट ग्यालरिका सञ्चालक श्यामसुन्दर यादव र सुनैना आर्ट ग्यालरीका सुनैना ठाकुर रहेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *