कुमारी बैंकको ‘गज्जबको बचत’ खाता : उच्चतम ब्याजसहित स्वास्थ्य बीमा पनि, यस्ता छन् गज्जबको सुविधा

काठमाडौं । कुमारी बैंकले उच्चतम ब्याजदरसहित ‘गज्जबको बचत खाता’ सञ्चालनमा ल्याएको छ । उक्त बचत खातामा उच्च, स्वास्थ्य बीमाको सुविधासहित गज्जबको सुविधरु रहेको बैंकले जनाएको छ ।

न्युनतम मौज्दात रु १,००० रहेको यस खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१ प्रतिशत प्रदान गर्नेछ । यतिमात्र होइन सो बचत खातामा रु २० हजारसम्मको स्वास्थ्य बीमा सुविधा पनि रहेको छ ।

‘गज्जबको बचत खाता’ बाहक ग्राहकले निःशुल्क क्रेडिट/डेबिट कार्ड समेत पाउनेछन् ।

बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावालाले स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन्। यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ।

कुमारी गज्जबको बचत खाताका विशेषताहरू :

-न्यूनतम मौज्दात : रु.१०००
-बीमा कभरेज : रु. २०,०००
-इन्टरनेट बैंकिङ : नि: शुल्क
-मोबाइल बैंकिङ: पहिलो वर्षको लागि निःशुल्क। दोस्रो वर्षदेखि STC अनुसार शुल्कहरू।
-नि: शुल्क कुमारी स्काई क्लब कार्ड
-नि: शुल्क क्रेडिट कार्ड
– नि: शुल्क सामेल शुल्क

यति मात्र होइन एक लाख रुपैयाँभन्दा बढीको खरिद ६ महिनाभित्र गरेमा वार्षिक शुल्कमा छुट हुने बैंकले जनाएको छ । भिसा डेबिट कार्ड (घरेलु १ वर्षको लागि नि:शुल्क। दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्नेछ ।

कुनै पनि शाखा बैंकिङ सेवा नि:शुल्क हुनुका साथै डिम्याट र मेरोसेयरमा STC अनुसार शुल्क लाग्नेछ । कुनै पनि बैंकको ATM बाट नि:शुल्क सेवा उपलब्ध हुनेछ ।

कुमारी बैंकले देशभर ३०९ शाखा सञ्जाल, ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाईहरुबाट बैंकिङ सुविधा उपलब्ध गराउँदै आइरहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *