थ्रेड गार्मेन्टले भूकम्प प्रभावितलाई १ लाखसहित ३ सय थान ज्याकेट सहयोग गर्ने

काठमाडौं । युवा उद्यमी तथा थ्रेड गार्मेन्टका प्रवन्ध निर्देशक कृष्णराज तिमिल्सिनाले जाजरकोट भूकम्प प्रभावितका १ लाख रुपैयाँ रकमसहित ३ सय थान ज्याकेट सहयोग गर्ने भएका छन् । उनले नेपाल सरकारको एकद्वार प्रणालि DDMSअन्तर्गत जिल्ला विपद् व्यवस्थापन समितिलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले सरकारको दैवी प्रकोप उद्धार कोषमा नगद १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

करिब ५ लाख रुपैयाँ बराबरको ३ सय ज्याकेट आइतबार जाजरकोट पठाउने तयारीमा रहेको तिमिल्सिनाले जानकारी दिए । कोभिड १९ को बेला पनि उनले विभिन्न अस्पतालहरुलाई निःशूल्क रुपमा पिपिई बनाएर वितरण गरेका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *