रास्वपाका सांसदलाई कागजातमा ‘माननीय’ सम्बोधन नगर्न निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एकरूपता अपनाउन निर्देशन दिएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको अनौपचारिक बैठकमा सांसदहरूको लेटर हेड र कार्ड लगायतका कागजातमा समान शैली अपनाउन तथा कुनै पनि कागजातमा ‘माननीय’ सम्बोधन प्रयोग नगर्न निर्देशन दिइएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

रास्वपाले सांसदहरूले धेरै कुराहरू सिक्न बाँकी रहेको भन्दै सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न तथा सकेजति सल्लाह र सुझाव लिन सुझाव दिएको छ ।

‘आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि क्यानिडेट क्लबको अभ्यास हुने भएकाले कसैले कसैलाई आगामी निर्वाचनको टिकटबारे कुनै प्रतिबद्धता नगर्न निर्देशन छ’, रास्वपाले निर्देशन दिँदै भनेको छ । साथै निर्देशनविपरित कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाही गर्ने रास्वपाको चेतावनी छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *