कामना सेवा विकास बैंकको १७औं वार्षिकोत्सव: यी१७ कार्यक्रम सप्ताहव्यापी रुपमा मनाउने तयारी

काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६औं वर्ष पुरा गरि १७औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरि सप्ताहव्यापी रुपमा मनाउने भएको छ । १७ औं वार्षिकोत्सवको शुभ अवसरमा विभिन्न १७ वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको बैंकले जनाएको छ ।

जस अन्तर्गतः १७ गते शुक्रवार देखी २३ गते विहीवार सम्म कामना सेवा फुटसलकप सिजन ३, हाईकिङ्ग कार्यक्रम, सरसफाई कार्यक्रम, सातै क्षेत्रमा रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, छात्रवृत्ती वितरण, ट्राफिक सचेतना वोर्ड हस्तान्तरण, वाकाथुन कार्यक्रम, स्वास्थ्य ल्याव हस्तान्तरण, डिजिटल मेला, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण, डिजिटल दान पेटिका हस्तान्तरण, नेत्रहिनहरुको वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रमहरु सम्पन्न गर्ने जनाएको छ ।

जस अन्तर्गत १७ गते शुक्रवार देखी बैंकले हरेक वर्ष आयोजना गर्ने फुटसल प्रतियोगिताको तेश्रो संस्करण शुरुवात गर्नेछ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सहभागीतामा सम्पन्न हुने उक्त प्रतियोगिता बैंकले हरेक वर्ष गर्दै आएको छ । बैंकले आफ्ना १३५ वटा संजाल तथा ७७ वटा एटिएम वुथहरुबाट आफ्ना अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *