काठमाडाैं । लुम्बिनी विकास बैंकको २ लाख बढी कित्ता सेयर बिक्री गर्ने भएकाे छ। बैंकको संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल २ लाख ६३९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।
संस्थापक सेयरधनी विलबहादुर गुरुङको १ लाख ४६ हजार ७४८ कित्ता र विन्दुकुमार थापाको ५३ हजार ८९१ कित्ता रहेका छन्।
बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। उनीहरुका लागि ३५ दिनको अवधि दिइएको छ। इच्छुक संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि काठमाण्डौको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा आवेदन दिनुपर्नेछ।
तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने छ।
Artha Sanjal






