सुनको भाउमा भारी गिरावट, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ।

आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला  १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *