माछापुच्छ्रे बैंकको ६२ हजार बढी कित्ता सेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंकको ६२ हजार बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकको ६२ हजार १६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सयमा सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा खरिद आवेदन दिन सक्नेछन् । यसका लागि ३५ दिनको म्याद दिइएको छ।

यो अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई आवेदन खुला गरिने बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *