सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंमा आज सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको छ ।

यो प्रकरणको सुनुवाइको सबै प्रक्रिया सकिएर फैसला आउने बेला भए पनि विभिन्न बाहाना बनाएर फैसलामा ढिलाइ गरिएको छ ।

भदौ १० गतेको पेसी सरेपछि सन्दीप एसिया कप क्रिकेट खेल्न पाकिस्तान गएका थिए। पाकिस्तान र श्रीलंकामा एसिया कप क्रिकेट खेलेर राष्ट्रिय क्रिकेट टोली नेपाल फर्किसकेको छ।

भदौ १० गते अगाडि सन्दीपको मुद्दामा साउन ३२ गते (बिहीबार) सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी (गौशाला २६)की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो।

गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् । मुद्दाकै कारण चीनमा भइरहेको एसिया खेलकुदका लागि नेपाल टिममा परे पनि उनी चीन जाने नजाने टुंगो लागेको छैन ।

मगाउनुपर्ने विवरण र कागजात सबै प्राप्त भइसकेकाेले अबको सुनुवाइले निरन्तरता पाएर मुद्दालाई टुंगोमा पुर्याउने आशा गरिएको छ। १७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *