यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ कायम गरिएको छ।

शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३३ रुपैयाँ २५ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २५ पैसा घटेको हो।

यस्तै, युरोपियन युरो पनि अघिल्लो दिनको तुलनामा घटेको छ। युरो एकको खरिदमा आज १४० रुपैयाँ ८६ पैसा र बिक्रीमा १४१ रुपैयाँ ५० पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ४० पैसा घटेको हो। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रूपैयाँ ०७ पैसा र बिक्रीदर १६२ रूपैयाँ ८१ पैसा तोकिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८५ रुपैयाँ २८ पैसा र बिक्रीमा ८५ रुपैयाँ ६७ पैसा पाइन्छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८१ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५ रुपैयाँ ४६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०५ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ २५ पैसा र बिक्रीमा २८ रुपैयाँ ३७ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ३८ पैसा र बिक्रीमा ४३० रुपैयाँ ३२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ८१ पैसा तोकिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *