आज कति छ तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गोलभेँडा ठूलो प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ४८, टनेल गोलभेँडा सानो लोकल ६०, गोलभेँडा सानो ४५, घिउ सिमी लोकल ४०, काउली स्थानीय प्रतिकेजी ९०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका २०, हरियो फर्सी २५, घिरौँला ३० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३४० रुपैयाँ, बन्दा लोकल ६०, गाँजर १३०, मूला सेतो ७०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ७०, ब्रोकाउली ३००, कागती १८० रुपैयाँ, भिण्डी ३०, निगुरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी २०० रुपैयाँ, लोकल काँक्रो ८०, अदुवा प्रतिकेजी १५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ४५० रुपैयाँ, केरा दर्जनको १५०, अनार ३५० रुपैयाँ, नासपाती ८०, एभोकाडो २०० रुपैयाँ, कालो अंगुर ४५०, किवी ४००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ४००, छडी माछा २६०, बचुवा माछा २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै लप्सी प्रतिकेजी ६० रुपैयाँ, हरियो धनियाँ १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परबर ४०, गुन्द्रुक प्रतिकेजी २५०, भारतीय प्याज सुकेको ६५, लसुन हरियो ३००, छ्यापी सुकेको २००, भेडे खुर्सानी ८०, सरिफा २००, फुजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला १२०, तोफु १००, पिँडालु ६०, तामा ९०, चुकन्दर ८०, निबुवा ५०, कन्य च्याउ १६०, तने बोडी प्रतिकेजी ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *