राजस्वले एयर्पाेटबाट बरामद गरेको सुन पगालेर जोखिँदै

काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुन पगालेर जोख्ने तयारी गरिएको छ । राजस्वले बरामद गरेको सुन राष्ट्र बैंकमा जोख्ने प्रक्रिया आजबाट सुरु गर्न लागेको हो ।

टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजबाट सुन पगालेर जोख्न सुरु हुने बताए । सुरुमा आज एउटा ब्रेक शु खोलेर पगाल्ने र त्यसपछि सुन जोख्ने काम सुरु हुने उनले बताए ।

यसअघि प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी)ले सुन जोख्न भन्दै टक्सार महाशाखालाई पत्र पठकाे थियाे । राजस्वले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको छ । बरामद सुन ब्रेक शु सहित १५५ किलो रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *