मलाई विदेशमै लुक्छन् भनेपछि युरोप भ्रमण छोट्याएर फर्किएँ: माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल स्वदेश फिर्ता भएका छन् ।

अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्विजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतका देशको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर नेता नेपाल भदौ १ गते स्वदेश फर्कने कार्यतालिका रहेपनि उनी चार दिनअघि नै स्वदेश फर्किएका हुन् ।

ललिता निवास प्रकरणमा जोडिएकबा नेपाललाई सर्वोच्च अदालतले छानबिन गर्न आदेश दिएको भोलिपल्टै विदेश गएपछि निक्कै आलोचना भएको थियो आलोचना बढ्दै गएपछि स्वदेश फर्कन पार्टीकै नेताहरूले आग्रह गरेपछि पूर्वनिर्धारित युरोपका विभिन्न देश भ्रमणका कार्यक्रम छोट्याएर आफू स्वदेश फर्किएको अध्यक्ष नेपालले त्रिभुवन विमानस्थलमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा बताए आफू विदेश गएपछि केहीले माधवकुमार नेपाल भाग्यो भनेर लेख्ने गरेपछि आफु अगाडिनै स्वदेश फर्किएको प्रष्टीकरण दिएका छन् ।

उनले भने ‘केहीले त माधव नेपाल भागे, लुकेर बसेका छन्। नेपाल फर्किने उनको योजना छैन, हिम्मत पनि छैन भनिसकेपछि भ्रमण छोट्याएर स्वदेश फर्किएको हुँ,‘कसैले चुनौती दिइसकेपछि सिधा सामना गर्ने मेरो बानी छ।’

आफू विदेश गएपछि केहीले माधवकुमार नेपाल भाग्यो भनेर लेख्ने गरेपछि आफु अगाडिनै स्वदेश फर्किएको प्रष्टीकरण दिएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *