रेडी ट्रेडर्स र व्यवसायी राकेश अडुकियाको घरमा विभागकाे छापा, ३६ कार्टुन ब्रेक शु बरामद

काठमाडौं । राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकणको अनुसन्धानका क्रममा सुन भित्र्याउने रेडी ट्रेडर्स र व्यवसायी राकेश अडुकियाको घरमा छापा हानेको छ । बुधबार विभागको टोलीले काठमाडौं–१६ स्थित सोह्रखुट्टेमा रहेको रेडि ट्रेडर्स र कमलपोखरीस्थिति व्यवसायी अडुकियाको घरमा छापा हानेको हो ।

छापा हान्ने क्रममा रेडी ट्रेडर्सको गोदामबाट ३६ कार्टुन ‘ब्रेक शु’ बरामद भएको विभाग स्रोतले जानकारी दिएको छ । तर ती ‘ब्रेक शु’हरुमा सुन छ कि छैन भन्ने यकिन भइसकेको छैन । यसैगरी विवादित व्यसायी अडुकियाको घरबाट केही सामान बरामद गरिएको जनाइएको छ ।

विभागले बुधबार सुन राख्नका लागि उपत्यकामा गोदाम खोज्न सहयोग गरेको आरोपमा सुरेन्द्र तामाङलाई पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थलबाट भन्सार जाँच पार गरेर २ साउनमा एक क्वीन्टल सुन बाहिरिएको थियो । विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले उक्त सुन बरामद गरेको थियो । हङकङबाट आएको सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *