अर्थ सन्जाल
६ आश्विन २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
६ आश्विन २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

‘गभर्नरलाईनै देश चलाउने जिम्मा दिऔँ’ [अन्तर्वार्ता]

  • अर्थ सन्जाल
  • ११ श्रावण २०८०, बिहीबार ११:२८


 काठमाडौँ । बैंकिङ क्षेत्रमा करिव साँढे ३ ? क्षेत्री वित्तीय क्षेत्रसँग सम्वन्धित नीति नियम र ट्रेण्डलाई शुक्ष्म ढंगले विश्लेषण गर्ने क्षमता राख्दछन् । कुँवरले पछिल्लो समय वित्तीय साक्षरता र तालिम समेत प्रदान गर्दै आएका छन् ।

कुँवरसँग अर्थसन्जाल डटकमले हालै सार्वजनिक मौद्रिक नीतिप्रति निजी क्षेत्रले जनाएको असन्तुष्टि, यसले तय गरेको लक्ष्य, बैंक वित्तीय क्षेत्रमा देखिएको संकटको घेरा तोड्न कसरी अघि बढ्ने ? लगायतका विषयमा गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ –

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमाथि मिश्रित टीप्पणीहरु आइरहेका छन्,विशेषगरी निजी क्षेत्रले असन्तुष्टि जनाइरहेको छ नी ?

यस्ता लुज खालका टीप्पणीहरु आउनुले मलाई मजा लागिरहेको छैन । राष्ट्र बैंकसँग धेरै अपेक्षा गरियो, यो मुलुकका वषौँदेखिका सबै समस्या नै राष्ट्र बैंकलेनै मात्रै हल गर्ने हो अरुको कुनै जिम्मेवारी छैन भन्न खोजियो । राष्ट्र बैंकले सबै समस्या हल गर्न पर्छ भन्ने हो भने त संविधान संशोधन गरौँ,गभर्नरलाई देश चलाउने जिम्मा दिऔँ ।तर त्यसरी त हुँदैन होला नी, राष्ट्र बैंकसँग जादुको छडी छैन, उसले हेर्ने भनेको मूल्य स्थिरता हो । त्यसमा राम्रो काम गरिरहेको छ । राष्ट्र बैंकमाथि वाणिज्य बैंकलाई काखी च्यापेको भन्ने आरोप लगाइएको छ जुन मान्न म बिल्कुल तयार छैन, उसले त बैंकिङका सुधारका कुराहरु अघि सारेको छ । जस्तो–स्ट्रेस लोन रिजोल्युसनका कुराहरु गरेको छ, एसेट्स क्वालिटी रिभ्यू गर्ने कुरा गरेको छ,ठूला ऋणीहरुलाई इन्टरनल रेटिङ गर्ने कुराहरु गरेको छ ,जुन भविश्यका लागि समेत राम्रो हो ।

No description available.

बैंकर्स एशोसियसनले बजारमा ब्याजदरमा लगाएको सिण्डिकेट तोडेको छ यसले बजारमा ब्याजदर तोक्न स्वतन्त्रता प्रदान गरेको छ, बैंकर्स संघले थप ब्याजदर घट्दै जाने जनाएको छ, यो कती सम्भव छ ?

ब्याजदर घटिनै राखेको छ । एक वर्षको निक्षेपको ब्याजदर पनि घटेको छ, त्यसको पनि रिफ्लेक्शन पक्कै देखिन थालेको छ । त्यसमाथि अहिले बैंकहरुमा अत्यधिक तरलता छ, झण्डै बैंकहरुसँग अहिले ४ खर्ब बराबर लगानीयोग्य रकम छ । मौद्रिक नीतिले साँढे ११ प्रतिशत कर्जा लगानीको सीमा तोकेको भन्ने प्रचार गरिएको छ त्यस्तो होइन यो त लक्ष्य भनिएको हो, माग भयो भने १२ प्रतिशतसम्म पनि जान सक्छ अझ माथि जान पनि सक्छ । अहिले म्यानुफ्याक्चरिङ कम्पनीले ऋण पाइरहेका छन् ।होटलले पाइरहेका छन्, साना तथा घरेलु उद्योगहरुले ऋण पाइरहेका छन् ।ब्याजदर घट्दै जाने सम्भव छ ।

No description available.

सरकारले लिएको ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यलाई भेट्टाउने सम्भावना कतिको छ ?

अहिले मुलुकको बाह्य क्षेत्रमा सुधार भएको, भुक्तानी सन्तुलनमा सुधार भएको छ । तर यो सब बेस्सरी ज्वरो आएको बेला सिटामोल दिएर कम गरिएको हो । रोग जस्ताको तस्तै छ । किनकि हामी आयातमा निर्भर छौँ । अघिल्लो वर्ष तथ्यांक कार्यालयको अनुमान अनुसार साँढे ३ प्रतिशतको ऋण वृद्धि गर्दा ९दशमलव ०७ प्रतिशतको नोमिनल जीडीपी ग्रोथ भएको थियो भने यस वर्ष मुद्रास्फिती ६ दशमलव ५ प्रतिशत र ६ प्रतिशतको आर्थिक वृद्धिद्धर जोड्दा साँढे ११ प्रतिशतको क्रेडिट ग्रोथ रेट हाँसिल गर्न मज्जाले सकिन्छ ।त्यसका लागि ठिक ठाउँबाट ऋणको माग हुन पर्यो । अनावश्यक क्षेत्रमा ऋण बढाउन भएन ।

बैंकहरुमाथि अहिले मन्दीका समयमा ऋणीहरुमाथि ऋण उठाउने मामिलामा अव्यवहारिक ढंगले बढीनै दबाव दिएको भन्ने आरोप छ, सडकदेखि सदनसम्म आवाज आइरहेका छन् नी ?

बैंकले बैंकबाट लगानी गरेको पैसा सर्वसाधारणको नासो हो, भोलि निक्षेपकर्ता बैंकमा पैसा लिन पुगे फिर्ता दिनुपर्ने हुन्छ । यसका लागि बैंकले त हदैसम्म जान सक्छ अर्कोतिर ऋणीले पनि पैसा दिननसकेपछि ऋणीले पनि हात उठाउने हो । त्यही हात उठाएपछि नै एनपीए बढ्ने हो । यसलाई स्वभाविक रुपमा लिन पर्छ । ग्राहकले हात उठाएकै भएर पनि राष्ट्र बैंकले असार मसान्तसम्म रिस्ट्रक्चरिङको ढोका पनि खोलेको हो । बैंकहरुले बालुवाबाट तेल पनि निकाल्न पर्छ ऋण उठाउने सवालमा, कसरी छोड्न सक्छन् ? बैंकहरुले आफ्नो ग्राहकहरु साँच्चै नै जटिल अवस्थामा छन् भने बैंकले बुझ्न पनि पर्छ । समस्यामा परेका ऋणीहरुले बैंकलाई बुझाउन सक्नुपर्छ ।

No description available.

Artha Sanjal
मिती : ११ श्रावण २०८०, बिहीबार ११:२८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

ताजा समाचार

  1. एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै
  2. ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)
  3. नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी
  4. कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  5. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
  6. माइडियाले ल्यायो दशैँ तिहार अफर
  7. सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर गर्न अस्वीकार

विजनेश फोकस

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन नि...

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार...

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

पोखराको चिप्लेढुंगामा मुक्तिनाथ क्यापिटलको शाखा

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.