दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडाैं । आज सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सेयर बजार मापक नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ को विन्दुमा उक्लिएको छ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.३३ अंकले बढेर ४१०.४६ को विन्दुमा पुगेको छ। सवा ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। हिजो साढे ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २६० कम्पनीका ८६ लाख ७४ हजार १०९ कित्ता सेयर ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९०० रुपैयाँमा कारोबार भएका छन्।

यो दिन व्यापार समूह सर्वाधिक ४.८३ प्रतिशतले उकालो लागेको हो। बैंकिङ समूह २.३१ प्रतिशतले बढ्दा विकास बैंक समूहमा १.२२१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१४ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.२५ प्रतिशतको बढोत्तरी भएको छ।

आज अन्य समूह सर्वाधिक ०.९६ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ०.९४ प्रतिशतले घट्दा होटेल तथा पर्यटन समूहमा ०.६४ प्रतिशत, जलविद्युत समूहमा ०.८२ प्रतिशत, लगानी समूहमा ०.३५ प्रतिशत, जीवन बीमा समूहमा ०.४० प्रतिशत, लघुवित्त समूहमा ०.५० प्रतिशत र निर्जीवन बीमा समूहमा ०.०२ प्रतिशतको गिरावट आएको छ।

आज युनाइटेड अजोड इन्स्योरेन्सको सर्वाधिक २३ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

एनआईसी एसिया बैंकको,शिवम सिमेन्ट, फर्स्ट माइक्रोफाइनानस, हिमालयन लाइफ इन्स्योरेन्स, कुमारी बैंक, एसियन लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक, प्रभु बैंक र लुम्बिनी विकास बैंकको सर्वाधिक कारोबार भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *