काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी इ.ओ.एल. प्रा. लि.ले चर्चित अभिनेत्री, सिभिल इञ्जिनियर तथा मोडल सुरक्षा पन्तलाई सि.जी. इलेक्ट्रिकको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । सुरक्षा पन्तसँगको सहकार्यले प्रतिभा र उत्कृष्टताको प्रतीकलाई एकै ठाउँमा ल्याउने, ब्रान्डको उपस्थितिलाई अझ माथि उठाउने र यसको विविध उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य कम्पनीको छ ।
सि.जी. इलेक्ट्रिकले सुरक्षा पन्तलाई आफ्नो ब्रान्डको प्रतिनिधित्व गर्न रोजेको हो । सुरक्षा पन्तले साझेदारीको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, “उत्कृष्टताप्रतिको प्रतिबद्धताका लागि परिचित ब्रान्ड सि.जी. इलेक्ट्रिकसँग आबद्ध हुन पाउँदा म सम्मानित छु । सि.जी. इलेक्ट्रिकले नवीन र उच्च गुणस्तरका उत्पादनहरू प्रस्तुत गर्दछ, र म यी क्षेत्रहरूमा सि.जी. इलेक्ट्रिकको यात्राको हिस्सा हुन पाउँदा खुसी छु ।”
यस साझेदारी अनुरुप पन्तले प्रिन्ट र डिजिटल अभियानहरू, सामाजिक सञ्जाल पहलहरू र सार्वजनिक उपस्थितिहरूमा फैलिएको विभिन्न प्रचारात्मक गतिविधिहरूमा संलग्न हुने कम्पनीले जनाएको छ ।








