घोराही सिमेन्टले भन्यो : ‘लगानी सुरक्षाको लागि उद्योग प्रतिबद्ध छ, ढुक्क हुनुहोस्’

काठमाडौं । घोराही सिमेन्ट ईण्डष्टीले उद्योगमा गरेको लगानी नडुब्ने बताएको छ । कम्पनीले उद्योगमा लगानी गर्ने सेयरहोल्डर, आवेदनकर्ता, तथा सम्बन्धित सबैको लगानी सुरक्षाको प्रत्याभूतीको लागि उद्योग पूर्ण रुपमा प्रतिवद्ध रहेको बताएको हो ।

कम्पनीले प्रिमियम मूल्यमा आईपीओ सेयर निष्काशनको खुला अवधिभित्र उद्योगको व्यावसायिक प्रतिष्ठा र ख्यातिमाथि नकारात्मक असर पुर्याउने उद्देश्यले प्रेषित भ्रमपूर्ण र गलत सूचना प्रवाह भएको भन्दै गम्भीर रुपमा ध्यानाकर्षण समेत गराएको छ । कम्पनीले बदनियतपूर्ण अनर्गल प्रचारको क्रममा उठाइएका सम्पूर्ण विषयहरूको बारेमा पूर्ण पारदर्शी रुपमा स्पष्ट पार्नउद्योग सदा तत्पर रहेको जनाएको छ ।

कम्पनीले उद्योग प्रति विश्वास गरि लगानीको लागि आवेदन गर्ने सम्पूर्ण लगानीकर्ताहरूमा पर्न गएको असुविधा प्रति उद्योग क्षमाप्रार्थी गरेको छ ।

सेयरको सार्वजनिक निष्काशन हुनुभन्दा पहिले कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायत विभिन्न नियामक निकायहरूको पूर्ण सहभागिता रहेको हुने कम्पनीले प्रष्ट प्रष्ट्याएको छ । निष्काशनको अनुमती प्राप्त गर्ने सन्दर्भमा उद्योगबाट पेश भएका विवरण पत्र, वितिय विवरण, तथा क्रेडिट रेटिङ प्रतिवेदन लगायतका सम्पूर्ण कागजात तथा विवरणहरूको जिम्मेवारी लिन कम्पनी तयार रहेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

क्रेडिट रेटिङ प्रक्रिया एक विशिष्ट प्रकारको विधिबाट सम्पन्न हुने र सो प्रक्रियामा विदेशका विषय विज्ञहरुको विश्लेषण र मुल्यांकनबाट हुने हुँदा सो प्रक्रियामा उद्योग प्रवद्र्धकहरूको तर्फबाट प्रभावित पारेको हुन सक्ने भन्ने कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेको छ ।

कम्पनीको आईपीओमा पैसा नभएको खाताबाट करौडौं आवेदन परेको भेटिएपछि कम्पनीले आईपीओ बिक्री प्रक्रियामा रोक लगाएको थियो ।

कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारण लगानीकर्ताको लागि ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले गत जेठ ३२ गतेदेखि अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री खुला गरेको हो ।

May be an image of map and text

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *