सुनको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्य घटेकाे छ ।

आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवस्था महासंघले जनाएकाे छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा झरेको छ ।

हिजो बिहीबार पनि सुनको मूल्य ५०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाला सुन १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँ कायम भएको छ । हिजो पनि तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *