घोराही सिमेन्टको आईपीओ आजदेखि निष्काशन,कति दिने आवेदन ?

काठमाडौँ । सर्वसाधारणले घोराही सिमेन्टको प्राथमिक सेयर (आईपीओ) बिहीबारदेखि भर्न पाउने छन् । निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङले आह्वान पत्र सार्वजनिक गर्दै असार ४ सम्म भर्न पाउने जानकारी दिएका हुन् ।

वैदेशिक रोजगारमा रहेका, स्थानीय प्रभावित, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइसकेपछि बाँकी ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गर्न लागिएको हो । बिक्री प्रबन्धकका अनुसार अंकित मूल्य १ सयमा ३ सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४ सय ३५ रुपैयाँका दरले सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्ता र अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । केयर रेटिङले कम्पनीको आईपीओलाई ‘बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने सुरक्षा क्षमताको मध्यम आधार रहेको जनाउँदछ । दाङको घोराही–४ मा रहेको उद्योगले क्लिंकरका साथै सिमेन्ट पनि उत्पादन गर्दछ ।

हाल दुई वटा ‘प्लान्ट’ बाट सिमेन्ट उत्पादन भइरहेको छ  । घोराही सिमेन्ट कम्पनीमा अधिकतम सेयर लगानी त्रिवेणी ग्रुप र विशाल ग्रुपको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *