राष्ट्र बैंकले २९ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गर्दै

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले जेठ १४ गते  २९ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ १६ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको आइतबार  जारी गर्ने भएको हो ।

राष्ट्र बैंकले २८ दिनका लागि ४ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब १३ करोड रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि १२ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः असार १२ गते, भदौ १२ गते, मंसिर १२ गते २०८१ जेठ १५ गते परिपक्व हुनेछन्।

ट्रेजरी बिलको आइतबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *