काठमाडौं । नेपाल हज समितिले नेपालबाट साउदी अरब स्थित मक्कामा (पवित्र तिर्थस्थल) हज (तीर्थ) गर्न जाने नेपाली मुस्लिम धर्मावलम्बीहरुको हज यात्रा–२०२३ को समग्र व्यवस्थापन गर्ने भएको छ । समितिले नेपाल हज समिति कार्यविधि–२०७२ अनुसार हज यात्राको व्यवस्थापन गर्ने भएको हो ।
साउदी अरेयिबाको सरकारले हजको व्यवस्थापनमा सधै सहयोग गर्दै आएको छ । खासगरी सरसफाई, सुरक्षा र खानपिन र पिउनेपानीको सुविधाका लागि सायदी सरकारले गरेको कामको संसारभर प्रसंशा हुने गरेको छ ।
सन् २०२२ हजमा नेपाली हाजीहरुको विदेशमा खाना, खाजा, बास तथा तिर्थ गराउने कार्यमा उत्कृष्ट व्यवस्थापन गरेको थियो । यसपटक पनि थप सुव्यवस्थित बनाउने विश्वास समितिले लिएको छ ।
संसारका मुश्लिमको आस्थाको केन्द्र मक्काका मदिनामा सुरक्षा चुस्त दृस्तका साथै हाजीहरुको सुविधामा कुनै कमी नआउने कुरा साउदीको हजा तथा उमरा मन्त्रालयले बताएको छ ।
त्यसैअनुरुप सन् २०२३ को हज यात्राको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको भए पनि साउदी सरकारले काठमाडौँ स्थित साउदी दूतावासले यस विषम परिस्थितिमा नेपाल हज समितिको नयाँ नेतृत्वलाई जिम्मा दिएको छ । नयाँ जिम्मेवारी पाउनुभएका अध्यक्ष मकबुल मिया (शाह)को नेतृत्व मार्फत हज यात्राको व्यवस्थापनको जिम्मेवारी नेपाल हज समितिले लिएको छ ।
सन् २०२३ को हज यात्राको लागि १ हजार ९२ जना छनोटमा परिसकेका छन् । यही जेठ १६, १७, १८, २०, २१ र २२ गते उडान हुने हुँदै छ । गृह मन्त्रालय र साउदीको हजा तथा उमरा मन्त्रालयको आग्रहमा शाह नेतृत्वको समितिले हज यात्रा व्यवस्थापनको जिम्मेवारी लिएको छ ।
सन् २०२२ मा नेपालदेखि हज गर्न जाने हज यात्रीहरुको व्यवस्थापन हज समितिले गरको थियो ।
अर्थ सन्जाल