मलेसिया–भैरहवा उडानका लागि ११ हजार ४६१ रुपैयाँ भाडादर कायम

काठमाडौं । नेपाल वायु सेवा निगमले मलेसियाबाट भैरहवा उडानका लागि प्रमोशनल भाडामा एक हजारभन्दा बढी घटाएको छ।

निगमले मलेसिया–भैरहवा उडानका लागि ११ हजार ४६१ रुपैयाँ भाडादर कायम गरेको छ। यसअघि निगमले मलेसियाबाट प्रमोशनल भाडादर १२ हजार सात सय रुपैयाँ तोकेको थियो। त्यस्तै, निगमले क्वालालाम्पुर–भैरहवा–काठमाडौंका लागि १२ हजार ३४६ रूपैयाँ तोकेको छ।

निगमले यही जेठ २९ बाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान सुरू गर्ने बताएको छ। निगमले काठमाडौं–क्वालालाम्पुर हुँदै भैरहवा उडानका लागि भाडादर तोकेरै टिकट बुकिङ पनि खुलाइसकेको छ। काठमाडौंबाट क्वालालाम्पुर जाने ए ३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्ने छ। उक्त जहाज भैरहवाबाट काठमाडौं आउने छ। भैरहवाबाट तत्कालका लागि निगमले सातामा मंगलबारको दिन गर्नेछ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *