राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेको छ । बुधबारको प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपा सभापति रवि लामिछानले नक्कली शरणार्थी प्रकरणबारे संसदीय विशेष समिति बनाएर यसको निष्पक्ष छानिबन गर्न माग गरेका हुन् ।
सभापति लामिछानेले राज्यका निकाय र अनुसन्धान गर्ने अधिकारीका प्रमुखहरूको नाम आइरहँदा सामान्य सोधपुछसमेत नगरिएको भन्दै आपत्ति पनि जनाए ।
‘यो अँध्यारो कोठा र गल्लीमा भएका क्रियाकलाप छ । बालुवाटार, सिंहदरबार मन्त्री क्वार्टरमा लेनदेन भएका कुरा आइरहेका छन् । यहाँ कसलाई विश्वास गर्ने ? विश्वासको वातावरण बन्द भएको छ’, उनले भने, ‘संसदीय विशेष समिति बनाएर छानबिन होस् ।’
Artha Sanjal






